राजनीति
काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत वाग्मती प्रदेशमा भएको निर्वाचनमा पाँचजना मतदाता अनुपस्थित भएका छन् ।
निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार स्थानीयतहतर्फ तीनजना र प्रदेशसभातर्फ दुईजनाले भोट खसालेनन् ।
उनका अनुसार मतदानको समयावधिभित्र प्रदेशसभाका ११० मध्ये १०८ जनाले मात्रै भोट खसालेका छन् । त्यस्तै, स्थानीयततर्फ २३७ मतदातामध्ये २३४ जनाले मत खसालेका छन् । वाग्मतीमा चार पदका लागि चुनाव भएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १५:१७
प्रतिक्रिया दिनुहोस्