site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहले पठायो कार्यवाहक महासचिव पाण्डेयको विवरण– राहदानी पनि बनेका थिए दुईवटा

काठमाडौं । गृह मन्त्रालयले संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीको विवरण पठाएको छ । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीका  आधारमा समितिले मागेअनुसार गृहले नागरिकता र राहदानीको विवरण उपलब्ध गराएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गृह मन्त्रालय स्रोतका अनुसार पाण्डेयले दुई नागरिकता र दुई राहदानी बनाएको पाइएको छ । 

गृहका ती अधिकरीले राहदानी र नागरिकताका विषयमा विस्तृत जानकारी भने समितिबाट नै सार्वजनिक भएपछिमात्रै दिन मिल्ने बताए ।  समिति स्रोतले भने समितिमा छलफलका लागि मात्र गृहबाट प्राप्त जानकारी खोलिने बताएको छ । 

सभापति रामहरी खतिवडा कोसी प्रदेशमा रहेकाले फर्किएपछि समितिको बैठक बोलाउने तयारी भएको स्रोतले जानकारी दियो । समिति सभापति खतिवडाले आफूलाई विवरणबारे थाहा नभएको भन्दै गृहले जानकारी गराएको्मात्र थाहा भएको बताए । 

“समितिले माग गरेको सूचना गृहले पठाएको जानकारी पाएको छु । तर, त्यसमा के के जानकारी छ भन्ने मैले हेर्न पाएको छैन,” सभापति खतिवडाले बाह्रखरीसँग भने, “त्यसमा हेरेपछि मात्र समितिमा छलफल अघि बढाउनु पर्ने–नपर्ने भन्न सकिन्छ ।” 

पाण्डेयले ०४६ सालमा बनाएको नागरिकतामा ०२६ साल जन्म मिति भएकोमा ०६६ सालमा ०३२ साल जन्ममिति उल्लेख गर्दै ६ वर्ष उमेर घटाएर नागरिकता बनाएको विवरण बाह्रखरीबाट सार्वजनिक भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्