site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति भएको तथ्यांक सार्वजनिक

काठमाडौं । मेलम्चीमा आएको बाढी र पहिरोले प्रतिघरधुरी ७० लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच तथ्यांक सार्वजनिक गरिएको हो ।

मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिब ७० लाखबराबरको हानि–नोक्सानी भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिए । क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरूले जीविकोपार्जनका निम्ति लिएको बैंकको ऋणलाई पनि अध्ययनमा समावेश गरिएको थियो ।

Dabur Nepal
NIC Asia

बाढीले प्रत्यक्षभन्दा बढी गैरआर्थिक हानि–नोक्सानी गरेको अध्ययनले देखाएको छ । गैरआर्थिक हानि–नोक्सानीको तथ्यांक यसमा समेटिएको छैन । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ । प्रभावित ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताए ।

“यो अध्ययनमा हामीले विशेष गरेर आर्थिक र गैरआर्थिक क्षति तथा नोक्सानीको विश्लेषण यसमा गरेका छौँ,” उनले भने, “त्यसका लागि हेलम्बु र मेलम्ची नगरपालिकामा १२० वटा घरधुरी सर्वेक्षण, दुईवटा पालिकास्तरीय छलफल कार्यक्रम र १४ जना यससँग सम्बन्धित सूचना दिन सक्ने व्यक्तिहरूसँग हामीले सूचनाहरू संकलन गरेर यो रिपोर्ट तयार पारेका छौँ ।”

उनले थपे, “योचाहिँ खासमा भन्नुपर्दा नेपालमा पहिलोपटक मेलम्चीको जुन बाढी आयो, २०७८ साल असार १ गते । त्यससम्बन्धी विभिन्न अध्ययन, अनुसन्धान भइसकेका थिए । तर, विशेष गरेर हामीलाई आर्थिक हिसाबले घरधुरीसम्म पुगेर एउटा घरको औसत क्षति तथा नोक्सानी कति हो भन्ने कुरा त्योस्तरको तथ्यांक नभइरहेको परिवेशमा हामीले त्यहीको पालिकाहरूसँग समन्वय गरेर घरधुरीमै पुगेर उहाँहरूको क्षतिको विश्लेषण गर्ने काम गरेका छौँ । त्यो अर्थमा हामीले आर्थिक रूपमा एक घरबराबर लगभग ७० लाख रुपैयाँ औसतमा आर्थिक क्षति भएको भन्ने हाम्रो आँकडाले देखाएको छ ।”

वातावरणविद् प्रविणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताए । नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अध्ययन गरिएको उनले जानकारी दिए ।

मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिब ६५ अर्बबराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसैका आधारमा आफूहरूले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण संकलन गरेको वातावरणविद् सिंहले बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro