site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलोपटक नेपाली चलचित्र बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट

काठमाडौं । पहिलोपटक नेपाली फिचर फिल्म बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय विधाततर्फको प्रतिस्पर्धामा छनोट भएको छ । मीन भाम निर्देशित ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको उक्त विधामा छनोट भएको हो । 

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि देवरलाई लिएर उनको खोजीमा हिँड्ने महिलाको कथा सिनेमाको मुख्य विषय रहेको बताइएको छ । यो चलचित्रलाई निर्देशक मीनसँगै अविनाशविक्रम शाहले लेखेका हुन् ।

‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायत कलाकार मुख्य भूमिकामा छन् ।

डोल्पामा छायांकन गरिएको ‘साम्बाला’ १४ करोड रुपैयाँ लगानीमा बनेको निर्माण पक्षले जनाएको छ । 

मीनको पहिलो फिल्म ‘कालोपोथी’ भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro