site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा एमाले–राप्रपाको गठबन्धन : चुनावी परिणाममा प्रभाव पार्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोसी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच तालमेल भएको छ । सोमबार दुई दलले चुनावी तालमेलको सहमति गरेका हुन् ।

सहमति अनुसार, एमालेले अन्य पदमा राप्रपाका उद्धव पौडेललाई मतदान गर्ने छ । उता राप्रपाले महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई मतदान गर्ने छ ।

एमालेले अन्यमा पर्शुराम अधिकारीलाई उमेदवार बनाएको थियो । उनले उमेदवारी फिर्ता नलिएकाले नाम भने कायम हुने छ । आज राति १२ बजेबाट निर्वाचनको मौन अवधि लागु हुँदै छ । त्यही अनुसार त्यसअघि नै निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“एक्लै हुँदा हामीलाई १२ सय मत चाहिन्थ्यो । अहिलेको अवस्थामा केही हुन्छ कि भन्ने हिसाबले हामीले सहमति गर्‍यौँ । हामीले एकअर्कालाई सघाएर जाने निर्णय गरेका छौँ,” एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने ।

राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले पनि दुई दलबीच एक अर्कालाई सघाउने सहमति भएको बताए ।

Global Ime bank

राष्ट्रियसभामा रिक्त हुन लागेका १९ पदका लागि माघ ११ गते चुनाव हुँदै छ । जसमध्ये कोसी प्रदेशमा दुई पदका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि सत्ता गठबन्धनले अन्यतर्फ कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई उमेदवार बनाएको छ । महिलातर्फ माओवादीकी चम्पादेवी कार्की उमेदवार छिन् ।

एमाले र राप्रपाबीचको तालमेलले सत्ता गठबन्धन भर्सेस एमाले–राप्रपा गठबन्धनबीच हुने देखिएको छ । तर, सत्ता गठबन्धन मतभारका हिसाबले बलियो छ ।

यस्तो छ, दलहरूको मतभार

कोसीमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले गरी ३६७ मतदाता छन् ।

जसमा प्रदेशसभा सदस्य ९३ छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप्रमुख २७४ जना छन् । राष्ट्रियसभामा प्रदेशसभाका सदस्यको ५३ र स्थानीय तहका मतदाताको मतभार १९ तोकिएको छ ।

प्रदेशसभा सदस्यको मतभार चारहजार २२९ र स्थानीय तहका मतदाताको पाँचहजार २०६ गरी कुल १० हजार १३५ मतभार छ ।

कोसी प्रदेश ९३ सदस्यीय हो । प्रदेशसभामा एमालेका ४० सांसद छन् । कांग्रेसका २९, माओवादीका १३ सांसद छन् ।

राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् ।

जसअनुसार एमालेको मतभार दुई हजार १२०, कांग्रेसको एक हजार ५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

स्थानीय तहतर्फ कांग्रेसका ११५, एमालेका ११०, माओवादी केन्द्रका ३१, एकीकृत समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र तीनजना छन् ।

यस हिसाबले एमालेको दुई हजार ९०, कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार हुने छ ।

दुवैतर्फ गरी एमालेको कुल मतभार चारहजार २१० छ । कांग्रेससँग तीनहजार ७२२ मतभार छ । माओवादी केन्द्रको एकहजार २७८ मतभार हुन आउँछ ।

राप्रपाको ३९४, एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रसँग ५७ मतभार रहेको छ ।

गठबन्धनसँग पाँचहजार ४७४ मतभार छ । एमाले–राप्रपासँग चारहजार ६०४ मतभार छ । ८७० मतभार कम छ । स्वतन्त्रसँग ५७ मत छ । यही मतभारले चुनावी नतिजामा फरक पर्ने देखिँदैन ।

एमाले–राप्रपा तालमेलको अर्थ

अघिल्ला निर्वाचनमा चुनावी तालमेल गर्दै आएका दुई दलले कोसी प्रदेशमा मात्रै गठबन्धन गरेका छन् । एमालेले १९ नै पदमा उमेदवार उठाएको थियो भने राप्रपाले कुल आठ उमेदवार उठाएको थियो ।

राप्रपाका एक जना उमेदवारले भने उमेदवारी फिर्ता लिएकाले उसका सात उमेदवार छन् ।

आठसय बढी मतान्तर रहेको क्षेत्रमा गठबन्धनलाई चुनौती दिन सहज नभएको राप्रपाका नेताहरू नै स्वीकार गर्छन् ।

“अन्तर थोरै छैन । तालमेलले खासै असर पर्ने देखिँदैन । तालमेलको औचित्य देख्दिँन,” राप्रपाका एक पदाधिकारी भन्छन् ।

एमालेका नेताहरू पनि गठबन्धनलाई चुनौती दिन सम्भव देख्दैनन् ।

“गठबन्धन पहिलेभन्दा एक भएको देखिन्छ । तामेलको औचित्य चाहिँ छैन । तैपनि चुनाव हो केही हुन सक्छ भन्ने हिसाबले तालमेल गरिएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement