site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालका लागि हिरोको नयाँ बिक्रेतामा सीजी मोटर्स

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल र स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो नयाँ आधिकारिक बिक्रेतामा चौधरी ग्रुपको सीजी मोटर्सलाई नियुक्त गरेको छ ।

सीजी मोटर्सले जारी गरेको विज्ञप्तिअनुसार हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमै एसेम्बल गर्न नवलपुरमा अत्याधुनिक प्लान्ट स्थापना गर्नेछन् । जसको क्षमता प्रतिवर्ष ७५ हजार युनिट रहेको छ । जुन आगामी मार्चदेखि सञ्चालनमा आउने छ ।

Dabur Nepal
NIC Asia

हिरो मोटोकर्पका ग्लोबल बिज्नेस प्रमुख सञ्जय भानले नेपालमा चौधरी ग्रुपसँगको साझेदारीलाई लिएर आफूहरू उत्साहित बनेको बताए । उनले नेपाल आफूहरूका लागि अत्यन्तै महत्त्वपूर्ण बजार रहेको पनि बताए । उनले नयाँ साझेदारको साथमा नेपाली बजारमा हिरोको उपस्थिति बलियो हुनेमा आफूहरूको विश्वस्त रहेको बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हिरो मोटोकर्पसँगको साझेदारीलाई लिएर आफूहरू रोमाञ्चित बनेको बताए । विश्वस्तरका मोटरसाइकल र स्कुटर निर्माणका लागि अग्रस्थानमा रहेको कम्पनीसँगको साझेदारीबाट सीजी मोटर्स अटोमोबाइल बजारमा पुन:प्रवेश गरेको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro