site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नदीमा डुबेर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । बर्दियामा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१०, लटकनियाघाटस्थित भादा नदीमा डुबेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।

आज बिहान करिब साढे ११ बजे महिला नदीमा डुबेको सूचना प्रहरीले पाएको थियो । खोजतलास गर्ने क्रममा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

ती महिला भारतको निशानगाडा भन्ने ठाउँकी हुन् । प्रहरीका अनुसार, उनको मानसिक सन्तुलन ठिक थिएन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro