site stats
बाह्रखरी :: Baahrakhari
खेल
कर्णालीलाई हराउँदै वाग्मती शीर्ष स्थानमा 

काठमाडौं । कर्णाली प्रदेशविरुद्ध सात विकेटको सहज जित निकाल्दै वाग्मती प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य वाग्मतीले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

वाग्मतीको जितमा इशान पाण्डेले ४० रन बनाए । उनले ३६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । रविन जोशीले १६ रन थपे ।

कर्णालीका निम्ति तीन विकेट नै दीवन पुनले लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४.२ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रन बनाएको थियो ।

Global Ime bank

वाग्मतीविरुद्ध निरीह देखिएको कर्णालीका अर्जुन घर्तीले २३ रन बनाए । निश्चल रावलले १३ रन थपे । कर्णालीले १७ अतिरिक्त रन पाएको थियो ।

कर्णालीलाई सस्तैमा रोक्न वाग्मतीका रिजन ढकालले पाँच विकेट लिए । कृजन गुरुङले दुई र विपीन आचार्य, सूर्य तामाङ र प्रतिश जिसीले समान एक विकेट लिए ।

वाग्मतीले ६ खेलबाट आठ अंक जोडेको छ । पाँच खेलबाट चार अंकको कर्णाली तालिकाको सातौँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu