site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, को को छन् सहभागी ? 

काठमाडौं । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राणप्रतिष्ठा सुरु भएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भइसकेका छन् । 

भारतीय प्रधानमन्त्री मोदीले राम मन्दिरमा पूजा अर्चना गरेका छन् । मोदी आजको कार्यक्रममा मुख्य अतिथि हुन् । कार्यक्रममा मोदीको अलवा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत पन सहभागी छन् । भारतीय कांग्रेसले भने कार्यक्रममा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ । 

Dabur Nepal
NIC Asia

भारतीय जनता पार्टीले राजनीतिक कार्यक्रमको रूपमा प्राणप्रतिष्ठा आयोजना गरेको भन्दै कांग्रेसले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो ।

मुख्य पूजा गर्भगृहमा हुने जनाइएको छ । स्थानीय समयअनुसार अपराह्न १२ः२९ बजेबाट मुख्य पूजा सुरु गरिएको छ ।  प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुनको लागि देश विदेशबाट सात हजारभन्दा बढी पाहुनालाई निमन्त्रणा गरिएको थियो । 

सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवनलगायत गायक गायिकाले भजन गाएर कार्यक्रमको सुरुआत गरिएको थियो । त्यसपछि श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले मन्दिरका बारेमा जानकारी गराएका थिए । 

मन्दिरमा राखिएको रामको मूर्ति कर्नाटकबाट ल्याइएको एक ढुंगाबाट बनाइएको जानकारी चम्पत रायले दिए । मूर्ति बनाउनको लागि नेपालको कालीगण्डकीबाट पनि दुई वटा ठूला ढुंगा लगिएको थियो । तर, विभिन्न कारण देखाई नेपालबाट लगिएका ढुंगाबाट मूर्ति बनाइएन । 

मन्दिरमा राखिएको रामको मूर्ति मैसुरका अरुण योगीराजले बनाएका हुन् । कार्यक्रममा अहिले अमिताभ बच्चन, रजनीकान्त, सचिन तेन्दुलकर, मुकेश अम्बानी, नीता अम्बानी उपस्थित भइसकेका छन् । 

यस्तै, उमा भारती, पवन कल्याण, सभाष घई, चिरञ्जीवी, कैलाश सत्यार्थी, अनु मलिक, रणवीर कपुर, आलिया भट्ट, विक्की कौशल, कट्रीना कैफ, जैकी श्राफ, रामदेव, धीरेन्द्र शास्त्री, अनिल कुम्बले, अनुपम खेर, कंगना रनोट, विवेक ओबराय, सायना नेहवाल लगायतका व्यक्तिहरू कार्यक्रममा सहभागी भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro