site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण, बन्धक परिवारद्वारा सम्झौताका लागि दबाब

गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र । इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रविन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाइका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।

प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको सबैभन्दा ठूलो सहर खान युनिसमा रातभर घातक आक्रमण भएको र इजरायली सैनिक र हमास लडाकुहरूबीच भीषण भीडन्त भएको बताएका छन् ।

गत अक्टोबर ७ मा इस्लामिक आन्दोलनका लडाकुहरूले गरेको आक्रमणमा परी करिब एक हजार १४० जनाको मृत्यु भएपछि नेतन्याहूले हमासमाथि ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

हमासका लडाकुले बन्धक बनाएका करिब २५० जनामध्ये १३२ जना अझै पनि गाजामा हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ ।

इजरायली सेनाका अनुसार युद्धले व्यापक तनाव बढाउने डरलाई बढावा दिएको छ । लेबनानको सीमा नजिक उत्तरी इजरायलमा रातारात साइरन बजाइएको छ ।

Global Ime bank

लेबनानमा इजरायली सेना र इरान समर्थित हेजबुल्लाह आन्दोलनबीच दैनिकजसो गोली हानाहान हुने गरेको छ भने दक्षिणी लेबनानका कैयौँ क्षेत्रमा रातारात आक्रमण भएको छ ।

इजरायलको यस्तै एउटा आक्रमणमा लेबनानी हेजबुल्लाह समूहका एक लडाकुको मृत्यु भएको हमास सम्बद्ध स्रोतले जनाएको छ ।

इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा पनि हिंसा बढेको छ ।

यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ को महत्वपूर्ण व्यापारिक मार्गहरूमा इजरायल–सम्बद्ध जल यातायात मार्गमा आक्रमण गरेका छन् । यसले प्रतिशोधात्मक अमेरिकी र बेलायती आक्रमणहरू निम्त्याएको छ । प्रायः सिरिया र इराकमा आक्रमणहरू इजरायलमा अमेरिकी समर्थनको विरोध गर्दै गरिएको इरान–सम्बद्ध लडाकुहरूले दावी गरेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu