site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गण्डकीका मन्त्रीले भने– ट्याक्सीवालासँग लड्दा लड्दा हैरान भइयो
फाइल तस्बिर ।

काठमाडौं । प्रदेशका यातायातमन्त्रीहरूले ट्राफिक नियम उल्लंघनबापत संकलित जरिवाना प्रदेश सरकारले नै प्रयोग पाउनुपर्ने माग गरेका छन् । आइतबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा उनीहरूले यस्तो माग गरेका हुन् ।

उनीहरूले ट्राफिक नियम उल्लंघनबापत संकलित रकम प्रदेश सरकारले नै प्रयोग गर्दा प्रदेशको राजस्व बढ्ने बताए । मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले ट्राफिक नियम उल्लंघनको जरिवाना प्रदेश सरकारलाई नै प्रयोग गर्न दिन आग्रह गरे ।

Dabur Nepal
NIC Asia

उनले कोसीदेखि नारायणीसम्मको हुलाकी राजमार्गमा विद्युतीय बस सेवा सुरु गर्न आवश्यक रहेको बताए । “हामीले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना उठाउँछौँ, त्यो केन्द्रमा आउँदो रहेछ । त्यो प्रदेश सरकारलाई नै दिन पाए राम्रो हुन्थ्यो, प्रदेशको राजस्व बढ्छ । हुनुपर्ने पनि त्यही नै हो,” उनले भने, “इलेक्ट्रिक भेइकलको कुरा छ । कोसीदेखि नारायणीसम्मको हुलाकी राजमार्गमा ईभेइकल सुरु गरौँ । बस नै सञ्चालन गरौँ ।”

छलफलमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आउने यातायातसम्बन्धी ऐनमा ट्याक्सीको ‘सिन्डिकेट’ हटाउनुपर्ने बताए ।

“हामी पोखरामा ट्याक्सीवालासँग लड्दा लड्दा हैरान छ । मिटरमा चलाउन धेरै प्रयास त ग¥यौँ, तर सकेका छैनौँ । अब ऐनमा ट्याक्सीको सिन्डिकेट हटाउनुपर्छ,” उनले भने, “२० वर्षपछि लगत कट्टा गर्दा पनि उसैले चाहेको व्यक्तिले मात्रै पाउँछ । यो व्यवस्थालाई विभागले गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ ।”

मन्त्री जुग्जालीले पोखरामा ट्याक्सीहरू मिटरमा हिँड्न नमान्दा समस्या आइरहेको बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro