site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नामिबियाको पोस्टमा दक्षिण अफ्रिकाको चार गोल

काठमाडौं । अफ्रिका कप अफ नेसन्समा दक्षिण अफ्रिकाले नामिबियाविरुद्ध ४–० को सहज जित निकालेको छ ।

आइतबार आइभोरी कोस्टस्थित कौलीबाली रंगशालामा दक्षिण अफ्रिकालाई जित दिलाउन थेम्बा ज्वानेले दुई र पेर्सी ताउ र थापेलो मासेकोले समान एक गोल गरे ।

खेलको १४औँ मिनेटमा ताउले प्राप्त पेनाल्टी सदुपयोग गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए । २५औँ मिनेटमा ज्वानेले गोल गर्दै दक्षिण अफ्रिकाको अग्रतालाई दोब्बर बनाए । ४०औँ मिनेटमा ज्वानेले दोस्रो गोल गरेपछि दक्षिण अफ्रिकाले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । ७५औँ मिनेटमा मासेकोले गोल गरेपछि दक्षिण अफ्रिकाले ४–० को जित दर्ता गर्‍यो ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको दक्षिण अफ्रिका समूह ‘इ’को दोस्रो स्थानमा उक्लिएको छ । समान अंकका साथ नामिबिया तेस्रो स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा ट्युनिसिया र माली तथा जाम्बिया र तान्जानियाले समान १–१ को बराबरी खेल्दै अंक बाँडे ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro