site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुग्ध विकास बोर्डका उपाध्यक्षको गाडी खोसिएपछि रिसले चुर भए खगराज !

पोखरा । प्रदेश गौरवको आयोजनामा परेर पनि औचित्यहीन बनेको दुग्ध विकास बोर्डमा खगराज अधिकारीले मुख्यमन्त्री बनेको डेढ महिनापछि उपाध्यक्ष नियुक्त गरे । उनले प्रतिनिधिसभामा पराजित भएका तिलक महतलाई उपाध्यक्षमा नियुक्त गरेका थिए ।

गत वर्षको फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले एमाले नेता महतलाई दुग्ध विकास बोर्डको उपाध्यक्ष नियुक्त गरेको थियो । तर, अहिलेसम्म दुग्ध विकास बोर्डको कार्यालय नै छैन । बजेट पनि शून्य छ ।

अधिकारीको सरकार पनि साढे तीन महिनामै ढल्यो । अधिकारी सरकार ढलेपछि गण्डकीमा कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्यो ।

गठबन्धन सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटले पनि दुग्ध विकास बोर्डलाई सम्बोधन गर्न सकेन । कार्यालय र काम  नै नभएपछि उपाध्यक्ष महत प्राय: गृहजिल्ला नवलपुरतिरै हुन्छन् ।

दुग्ध विकास बोर्डमार्फत गरिने भनिएको ‘गण्डकी काऊ फार्म’ प्रोजेक्ट विवादित बनेपछि सरकारले नै यसलाई अगाडि बढाउन अनिच्छुक छ । त्यसकारण पनि अधिकारीले नियुक्त गरेका महतले काम पाएका छैनन् ।

खगराज अधिकारी नेतृत्वको सरकार हुँदा कार्यालय खोज्ने तयारी हुँदै थियो । तर, सरकार फेरिएपछि त्यो काम पनि रोकिएको छ ।

काम नै नभएपछि महतलाई दिइएको गाडी पनि मन्त्रालयले फिर्ता लग्यो । सोही प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता खगराज अधिकारी तातिएका हुन् ।

गण्डकी प्रदेशसभाले ‘गण्डकी प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५’ पारित गरेको छ । सोही ऐनले नै बोर्डमा एकजना उपाध्यक्ष नियुक्त हुने व्यवस्था गरेको छ । ऐनको दफा १४ अनुसार यसरी नियुक्त हुने उपाध्यक्षको पदावधि चार वर्ष हुन्छ । उपाध्यक्षले प्रदेश सरकारको सहायकमन्त्री सरहको सुविधा पाउँछन् ।

गण्डकीले नै बनाएको मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको अनुसूची अनुसार सहायकमन्त्रीले चालकसहितको सवारी पाउँछन् । सोही अनुसार महतलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयले ग १ झ ६१७ नम्बरको गाडी दिएको थियो ।

Khag-1705851473.jpg
 

केही समय सवारी प्रयोग गरे पनि महत नभएको अवस्थामा मन्त्रालयले गाडी फिर्ता लिएको थियो ।

“म थिइनँ, राखेको ठाउँबाट लिएर गएछन् । म बस्ने डेराको कम्पाउन्डभित्र थियो गाडी, ड्राइभरलाई भनेर लगेछन्,” महतले भने ।

महत पोखरा राष्ट्रबैंक चोक नजिकै बस्थे । उनलाई मन्त्रालयले निर्णय नै गरेर सवारी उपलब्ध गराएको थियो ।

महतलाई थाहै नदिई गाडी फिर्ता गरेको विषयलाई लिएर अधिकारी आक्रोशित बनेका हुन् ।

आइतबार सार्वजनिक लेखा समितिको हलमा भएको बैठकमा मन्त्रालयका निमित्त सचिव तथा भूमि व्यवस्था तथा भूमिस्रोत नक्सांकन महाशाखा प्रमुख गंगालाल पोखरेलतर्फ इंगित गर्दै अधिकारीले भने, “तपाईहरूसँग ठाडै चुनौतीको सामना गर्नुपर्‍यो । त्यस्तो अपमान गर्ने ? त्यो तुरुन्त सच्याउनुहोस् । धेरै सहेर बसिन्न । जे गरिदिए पनि हुन्छ ?”

उनी यत्तिमै रोकिएनन् । “तपाईंहरूले किन गाडी खोस्न लगाउनुभयो ? मन्त्रीको पीएले गाडी खोस्ने ? क्याबिनेटले निर्णय गरेको छ, कानुनअनुसार गरेको छ । अनि उसको व्यवस्थापन नगर्ने ?,” आक्रोशित बनेका अधिकारीले भने, “मान्छे सोझो पर्‍यो, माग्दै हिँडेन । उसको गाडी खोसेर अनि ड्राइभरसँग अलपत्र पारेर हिँड्ने त्यस्तो पनि हुन्छ मन्त्रालय ? त्यति निकृष्ट हुन्छ ? चुप लागेर बसेका छन भन्ने ठान्नुभा'छ ? यकिन जवाफ चाहिन्छ । हामीले ठाउँठाउँमा जवाफ माग्छौँ, जे गरिदिए पनि हुन्छ भन्ने भाछ ।”

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro