site stats
बाह्रखरी :: Baahrakhari
कला
दश हजार दर्शकमाझ ‘कन्दरा’ ब्यान्डको प्रस्तुति 

काठमाडौं । सांगीतिक ब्यान्ड ‘कन्दरा’ले पोखरामा १० हजार दर्शकमाझ प्रस्तुति दिएको छ । आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’को नारा लिएर सातवटै प्रदेश जान लागेको कन्दराले सांगीतिक टुरको पहिलो कार्यक्रम पोखरामा गरेको हो । 

कन्दरा ब्यान्डका कार्यक्रमको व्यवस्थापन गरिरहेको कम्पनी एल्फा स्क्वायर (एएसक्यू)का अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा दश हजारभन्दा बढी दर्शकको उपस्थिति थियो ।
  
‘पहिला घरदेश, अनि परदेश’को सन्देशलाई धेरैभन्दा धेरै स्रोता र दर्शकसामु पुर्याएर आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने कन्दरा ब्यान्डको पहिलो कार्यक्रम प्रभावकारी भएको कम्पनीले जनाएको छ । 

कन्दराका गायक विवेक श्रेष्ठले पोखरामा जन्मिएको कन्दरा ब्यान्डले पोखराको कार्यक्रमबाट पुनरजन्म लिएको लिएको बताए । “हामी सबै प्रदेशमा जानेछौं । हरेक पोखरेलीलाई नेपाल घुमाउनेछौं,” उनले भने, “जहाँ जानेछौं त्यहाँ पनि नेपाललाई मनैदेखि माया गर्ने वातावरण बनाउनेछौं ।” 
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्