site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालविरुद्ध न्युजिल्यान्डका स्नेहिथ रेड्डीले बनाए शतक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध न्युजिल्यान्डका स्नेहिथ रेड्डीले शतक बनाएका छन् । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डबाट रेड्डीले १०६ बलमा आठ चौका र दुई छक्कासहित १०० रन पूरा गरेका हुन् ।

६७–३ को नाजुक अवस्थामा ब्याटिङका निम्ति आएका रेड्डीले कप्तान ओस्कार ज्याक्सनसँग १५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ्स सम्हालेका थिए । कप्तान ज्याक्सन ७५ रन बनाएर आउट भए ।

जारी खेलको ४५.३ ओभर सकिँदा न्युजिल्यान्डले ६ विकेट गुमाएर २४९ रन बनाएको छ । 

न्युजिल्यान्डविरुद्ध नेपालका गुल्सन झाले दुई र सुवास भण्डारी, दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट लिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro