site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण
फाइल तस्बिर : एएफपी ।

वासिङटन । इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको छ ।

पश्चिमी इराकमा इरान समर्थित लडाकुले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ ।

अधिकांश क्षेप्यास्त्र शिविरको हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो । तर, ‘अन्य केही शिविरमा खस्दा’ केही अमेरिकी ‘कर्मचारी’लाई चोट लागेको बताइएको छ ।

अमेरिकी केन्द्रीय कमान्डद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “धेरै अमेरिकी कर्मचारीलाई चोटपटक लागेको हुन सक्ने अनुमानपछि उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । घटनामा कम्तीमा एकजना इराकी सैनिक घाइते भएका छन् ।”

गएको अक्टोबरको मध्यदेखि इराक र सिरियामा इस्लामिक स्टेट समूहका जिहादीविरुद्ध लड्न तैनाथ अमेरिकी तथा गठबन्धन सेनामाथि दर्जनौँ आक्रमण भएका छन् ।

गाजा द्वन्द्वमा इजरायललाई अमेरिकी समर्थनको विरोध गर्ने इरानसम्बद्ध सशस्त्र समूहहरूको खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ले अधिकांश आक्रमणको दाबी गरेको छ । उक्त समूहले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण गरेको जनाएको छ ।

ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगले इराक र सिरियामा अमेरिकी सेनामाथिको आक्रमणमा वृद्धि भएको संकेत गरेको छ, जसलाई पहिले कम प्रविधिको रकेट र ड्रोनले निसाना बनाइएको थियो ।

गएको अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला शनिबारको हवाई आक्रमण भएको हो ।

इरानको दमास्कसमा शनिबार भएको आक्रमणमा त्यहाँको इस्लामिक रिभोल्युसनरी गार्ड कोरका पाँच सदस्यको पनि मृत्यु भएको थियो ।

गत सोमबार साँझ इरानले उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा यहुदी शासन (मोसाद)का गुप्तचरले प्रयोग गरेको स्थललाई लक्षित गरी घातक आक्रमण गरेको थियो ।

वासिङटनले कैयौँपटक आक्रमण गरेको छ, यो उसले थप वा जारी आक्रमण रोक्नका निम्ति भएको जनाएको छ ।

पेन्टागनका अनुसार अक्टोबरको अन्त्यदेखि यसअघिका आक्रमणमा दर्जनौँ अमेरिकी सैनिक सामान्य घाइते भएका छन् ।

इराकमा करिब दुई हजार ५०० र सिरियामा करिब ९०० अमेरिकी सैनिक तैनाथ छन् । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro