site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एभरेष्ट बैंकको नाफा आठ प्रतिशत बढ्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्म एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले बढेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिष्कृत विवरणअनुसार एक अर्ब ७१ करोड ३१ लाख रुपैयाँ नाफा गरेको हो ।

गत वर्षको ६ महिनामा बैंकले एक अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको गत वर्षको तुलनामा ब्याज आम्दानी घटेको छ । गत वर्ष तीन अर्ब ६७ करोड ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा भने वृद्धि भएको छ । गत वर्ष ०.५५ प्रतिशत रहेको खराब कर्जा यो वर्ष बढेर ०.७७ प्रतिशत रहेको छ ।

बैंकले एक खर्ब ६८ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने दुई खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

हाल बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा ११ अर्ब ४२ कारोड ७६ लाख रुपैयाँ सञ्चित गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro