site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२७ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
Tiktok banner adTiktok banner ad

जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । ४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित ६ हजार ६३४ मध्ये चार हजार ६४२ ले पहिलो किस्ताको रकम पाएका छन् । नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार १५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा आठ हजार २०५ मध्ये दुई हजार १८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ । 

बारेकोटमा पाँच हजार ५८६ मध्ये चार हजार ६८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका पाँच हजार २८७ परिवारमध्ये चार हजार १५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । 

जुनिचाँदे गाउँपालिकामा पाँच हजार ६०६ मध्ये एक हजार ११३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । शिवालय गाउँपालिकामा तीन हजार ३०९ जनामध्ये तीन हजार १४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro