site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भिजिट भिसाको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई युगान्डामा रहेका नेपालीको आग्रह

काठमाडौं । युगान्डामा रहेका नेपालीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरक्रिया गरेका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डसँग त्यहाँ रहेका नेपालीले भिजिट भिसाका समस्याबारे कुरा उठाउँदै समाधानका लागि राज्यले पहल गर्नु पर्ने बताएका थिए । “यहाँ तपाईंहरूले उठाएका मध्ये केही कुरा महत्वपूर्ण छन् । हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरेको छु । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ”, उनले भने । 

Dabur Nepal
NIC Asia

विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने उनको भनाइ थियो । 

उक्त कार्यक्रममा गैरआवासीय संघका युगान्डाका संरक्षक रमेश कंडेलले युगान्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको बताए । तीस वर्षदेखि नेपालीले युगान्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताए ।

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्दै

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro