site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा गृहको ‘इन्क्वाइरी’ 

काठमाडौं । संघीय संसद् सचिवालयको महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीका विषयमा गृह मन्त्रालयले ‘इन्क्वाइरी’ थालेको छ ।

पाण्डेयविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरी परेको थियो । त्यसमा समितिले कागजात उपलब्ध गराउनु भनेपछि गृह मन्त्रालयले सम्बन्धित निकायमा ‘इन्क्वाइरी’ गरेको हो ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पाल्पा, राहदानी विभाग र राहदानीको प्रयोगका विषयमा अध्यागमन विभागसँग जानकारी मागेको हो ।

Dabur Nepal
NIC Asia

“संसदीय समितिको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिँदाका सबै विवरण र राहदानीको विवरण उपलब्ध गराउन भनिएको छ,” गृहका एक अधिकारीले बाह्रखरीसँग भने, “त्यसबाहेक उहाँका राहदानी र त्यसको प्रयोगका विषयमा राहदानी विभाग र अध्यागमन विभागसँग पनि जानकारी मागिएको छ ।”

नौ महिनाअघि पाण्डेयलाई सभामुख देवराज घिमिरेले राजनीतिक आधारमा प्रतिनिधिसभा सचिव बनाएका थिए ।  संसद्का महासचिव डा. भरतराज गौतमलाई बीचैमा राजीनामा गर्न लगाउँदै सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

महासचिवमा सिफारिस भएसँगै पाण्डेयको फौजदारी अभियोग आकर्षित हुने ६ वर्ष घटाएर किर्ते नागरिकता बनाएको र त्यसबाटै राहदानी समेत बनाउँदै दुरुपयोग गरेको प्रमाण सार्वजनिक भयो । 

पाण्डेय स्वयम्ले त्यस्तो नागरिकताबाट पासपोर्ट बनाएको स्वीकार गरिसकेका छन् । पाण्डेयले उमेर घटाउँदै नागरिकता लिएको स्वीकार गरिसकेपछि पनि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले कार्यबाहक महासचिव बनाएका थिए ।

महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा कार्यरत पाण्डेय पदमा बहाल रहेकै बखत गतवर्ष बैशाखमा प्रतिनिधिसभा सचिवमा राजनीतिक नियुक्ति लिएका थिए । गत वैशाखमा प्रतिनिधिसभा सचिवमा राजनीतिक नियुक्ति पाएका पाण्डेयले त्यसको पाँच दिनपछि वैशाख २६ मा महान्यायाधिवक्ता कार्यालयबाट रमाना लिएका थिए ।

उनले ६ वर्ष उमेर घटाएर नागरिकता, त्यसैबाट राहदानी बनाउँदै १० वर्षपछि नागरिकता सच्याएका हुन् । पाल्पाबाट ०४६ असार २८ मा लिएको नागरिकता नम्बर ३५ भएको र नागरिकतामा उनको जन्ममिति २०२६ असोज १५ गते छ ।

उक्त नागरिकता कायम हुँदाहुँदै पाण्डेयले ०६६ भदौ २३ गते अर्को नागरिकता लिएका थिए जसमा जन्ममिति २०३२ पुस २६ गते छ । २०३२ पुस २६ गते कायम गरेको नागरिकताबाटै उनले ०६९ सालमा पासपोर्टसमेत लिए ।

पाण्डेयले ०७६ भदौ २३ मा पुरानै जम्ममिति कायम अर्को नागरिकता लिएका छन् । नागरिकता र राहदानी दुरुपयोग गरेको प्रमाणित भएमा पाण्डेयलाई दश वर्षसम्म जेल सजाय र ६ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
   

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro