site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल्कारेज दोस्रो चरणमा, महिलातर्फ जेसिका पेगुला र राडुकानुको विजयी सुरुआत

काठमाडौं । दुई पटकको ग्रान्डस्लाम च्याम्पियन कार्लोस अल्कारेज वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको पुरुष एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार अस्ट्रेलियाको रोड लभेर एरिनामा सम्पन्न खेलमा फ्रान्सका रिचार्ड गासक्वेटलाई सोझो सेटमा हराउँदै अल्कारेजले दोस्रो चरणमा स्थान निश्चित गरेका हुन् । विश्व वरीयताको दोस्रो स्थानका अल्कारेजले ७६औँ स्थानका गासक्वेटालाई ७–६ (७–५) ६–१ ६–१ को सेटमा पराजित गरे । 

अल्कारेजले अब तेस्रो चरण प्रवेशका लागि इटालीका लोरेन्जो सोनेगोविरुद्ध खेल्नेछन् । ४६औँ स्थानका सोनेगोले ब्रिटेनका ड्यानियल एभान्सलाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेका थिए ।

११औँ स्थानका नर्वेजियन स्टार कास्पेर रुड पनि दोस्रो चरण प्रवेश गरेका छन् । रुडले स्पेनका अल्बर्टो रामोस–भिनालोसको चुनौतीलाई ६–१ ६–३ ६–१ को सोझो सेटमा पन्छाए । रुडले भने तेस्रो चरण प्रवेशका लागि अस्ट्रेलियाका म्याक्स पुर्सेलसँग खेल्नेछन् ।

विश्व वरीयताको छैटौँ स्थानका एलेक्सान्डर जेभरेभले दोस्रो चरण प्रवेश गर्ने क्रममा आफ्नै देशका डोमिनिक कोइफेरको चुनौती पन्छाए । जर्मन स्टार जेभरेभले कोइफेरसँगको पहिलो सेट गुमाए पनि त्यसपछिका लगातार तीन सेट आफ्नो पक्षमा राखे । जेभरेभले पहिलो सेट ४–६ ले गुमाएका थिए । त्यसपछि भने उनले ६–३ ७–६ (७–३) ६–३ ले तीन सेट जितेका थिए । 

जेभरेभले अब तेस्रो चरण प्रवेशका लागि सर्वियाका लुकास क्लेइनविरुद्ध खेल्नेछन् ।

महिला एकलतर्फ अमेरिकी टेनिस स्टार जेसिका पेगुलाले दोस्रो चरणमा स्थान पक्का गरिन् । पाँचौँ स्थानकी जेसिकाले क्यानडाकी रेबेका मारिनोलाई ६–२ ६–४ को सोझो सेटमा पराजित गरिन् । जेसिकाले अब तेस्रो चरणमा प्रवेशका लागि फ्रान्सकी क्लारा बुरेलसँग खेल्नेछिन् । ५२औँ स्थानकी बुरेलले सर्वियाकी एलेक्सान्ड्रा क्रुनिचलाई ६–४ ६–१ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

ब्रिटिस युवा खेलाडी इम्मा राडुकानुले दोस्रो चरणमा प्रवेश गर्ने क्रममा अमेरिकाकी सेल्बी रोजर्सलाई सोझो सेटमा हराइन् । एक पटक ग्रान्डस्लाम जितेकी २१ वर्षीय राडुकानुले रोजर्सलाई ६–३ ६–२ को सेटमा हराइन् । राडुकानुले अब दोस्रो चरणमा चीनकी याफन वाङसँग खेल्नेछिन् । वाङले रोमानियाकी सोराना सिस्र्टियालाई ०–६ ७–५ ६–२ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro