site stats
बाह्रखरी :: Baahrakhari
कला
‘खुस्मा’मार्फत धिरज र उपासनाको पहिलो सहकार्य 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘खुस्मा’ निर्माणको घोषणा गरिएको छ । धिरज मगर र उपासना सिंह ठकुरीलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै खुस्माको घोषणा गरिएको हो । 

धिरज र उपासनाको यो पहिलो सहकार्य हो । चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्नेछन् । 

Argakhachi Cement Island Ad

सिनेमामा धिरज र उपसनासँगै अस्तित्व भट्टचन, खड्कबहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ दुई चरणमा खिचिनेछ । 

निर्मातामा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्