site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजा द्वन्द्वले विश्वकै सुरक्षालाई खतरामा पार्छ : जोर्डन
फाइल तस्बिर ।

काठमाडौं । जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजापट्टीमा इजरायलको आक्रमणले विश्वकै सुरक्षालाई खतरामा पार्ने बताएका छन् । राजधानी अम्मानमा ग्रीसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँगको भेटमा सफादीले यस्तो टिप्पणी गरेका हुन् ।

दुई देशका मन्त्रीहरूले छलफलका क्रममा गाजाको विकास, द्वन्द्व रोक्न प्रयास र ‘स्ट्रिप’मा मानवीय प्रकोपमा ध्यानकेन्द्रित गरेका थिए ।

Dabur Nepal
NIC Asia

बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सफादीले गाजामा शत्रुताको तत्काल अन्त्य गर्न र स्ट्रिपलाई आवश्यक सबै सहयोग पु¥याउन प्रभावकारी संयन्त्र अपनाउन आह्वान गरे ।

ग्रीक मन्त्रीले जोर्डन सो क्षेत्रको प्रमुख देश भएको बताए । प्यालेस्टाइन मुद्दाको दिगो समाधान खोज्न पूर्वसर्तका साथ जोर्डनले भूमिका खेल्नुपर्ने उनले उल्लेख गरे । उनीहरूले इजरायल–हमास द्वन्द्वको अन्त्य चाँडै हुनुपर्ने बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro