site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टुँडिखेलमा भागदौडमा घाइते हुनेको संख्या १६ पुग्यो
माघी पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा नेपाल मगर संघले आयोजना गरेको मगर सांस्कृतिक महोत्सव । तस्बिर : विमलबहादुर बिष्ट/रासस ।

काठमाडौं । माघी मनाउन काठमाडौंको टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा घाइते हुनेको संख्या १६ पुगेको छ ।

माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले सोमबार टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उपचारका निम्ति घाइतेहरूलाई वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनले बताए ।

महोत्सवस्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् ।

यस्तै, २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मीना थापा, १९ वर्षीया रिजा रेस्मीमगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा रानाथापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल र १४ वर्षीया करिष्मा मगर घाइते भएका प्रहरी उपरीक्षक ढुंगेलले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro