site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेको उस्तै छ पीडा
SkywellSkywell

जमुना वर्षा शर्मा/रासस
पोखरा । माघे संक्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा, फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल कामविशेषले काठमाडौंमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौंमै मनाउने योजना भए पनि माघे संक्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो घर आउने जानकारी प्रतिभालाई थियो ।

तर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको योजना सायद त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने ‘योजनाअनुसार’ विमानको टिकट काटेका थिए ।

उनले टिकट काटेको यती एयरलाइन्सको ९एन–एएनसी एटीआर–७२ विमान त्यसै दिन बिहान १०ः५७ बजे विमानस्थलनजिकैको नयाँगाउँस्थित सेती खोचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए ।

KFC Island Ad
NIC Asia

दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् त्यही विमानमा सवार थिए भन्ने हेक्का थिएन ।

“उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ,” प्रतिभाले भनिन्, “आज घर आउन पाउँदिनँ भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।”

दुर्घटना भएको आज एक वर्ष बित्यो, तर प्रतिभालाई एउटा कुरोले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौं जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन,” प्रतिभाले श्रीमान् काठमाडौं जानुअघिको दिन सम्झँदै भनिन्, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।”

प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोरा इभानकै निम्ति भए पनि उनी आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा छिन् ।

इभान अहिले पाँच वर्षमा प्रवेश गर्दै छन् । अटिजम भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । “म आफ्नो भविष्यबारेमा अहिले केही भन्न सक्ने अवस्थामा छैन ।”

दुर्घटना भएयता न सरकार न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दुःखलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ,” प्रतिभाले पीडा सुनाइन् ।

सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहेकी छैनन् । “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेकी थिएँ,” उनले भनिन्, “तर, त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङले श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आएकी छन् ।

अनिल रेडियो एपोस्टलका प्रबन्धक थिए भने दुबईमा आईटीसम्बन्धी व्यापारको तयारीमा पनि जुटेका थिए । त्यति बेला दुई साताअघि दुबईबाट नेपाल आएका उनी तत्काल कामविशेषले केरला पुगेका थिए । अनिलले आफू पोखरा आउनेबित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बताएका थिए ।

प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा. सुशील श्रेष्ठ, बुहारी डा. सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए । सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सकेका छैनन् ।

“मानवीय त्रुटिका कारण भएको दुर्घटनाका दोषीले सजाय पाउनैपर्छ,” उनले भने ।

घटना भएकै दिन गठित दुर्घटना जाँचबुझ आयोगले गएको पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिवेदनमा पाइलटले ‘फ्लेप लिभर’ तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र त्यसले गर्दा विमान ‘फिदर कन्डिसन’मा गएपछि अगाडिको ‘मोसन’ विमानले नपाएकाले दुर्घटना भएको उल्लेख छ ।

आयोगले आउँदा दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro