site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा छ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले ताइवान चीनकै अभिन्न अंग भएको जिकिर गरे ।

उनले ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रस्ट पारेको पनि बताए । उनले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको उल्लेख गरे ।

उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेको दाबी गरे ।

"नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अंग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको छ," उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu