बाह्रखरी फोटो
काठमाडौं । मगर समुदायको प्रमुख सांस्कृतिक पर्व माघे संक्रान्तिका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । आइतबार शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरियो ।
दुई दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक साथै खेलकुदका कार्यक्रम गरिने आयोजक मगर संघले जनाएको छ ।
माघे संक्रान्तिमा पुसमा पकाएर माघमा खाने चलन छ । पर्वमा तरुल, पिँडालु, सखरखन्ड, घिउ, चाकु, तिलको लड्डु, सेलरोटी, बारा खाने गरिन्छ ।
पर्वका अवसरमा समुदायका मानिस एक ठाउँमा भेला भएर नाचगान गर्दै रमाइलो गर्ने गरिएको सेरोफेरो लांगाली मगर समाजका अध्यक्ष ओम थापामगरले जानकारी दिए ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, पुस २९, २०८० १९:१४
प्रतिक्रिया दिनुहोस्