site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ अझै बन्धक
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

ग्वायाक्विल, इक्वेडर । इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिबार जनाएको छ ।

कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन । बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् । 

राष्ट्रपति डेनियल नोबोआले यसै हप्ता आपराधिक समूहहरूलाई सैन्य कारबाही सुरु गरेपछि दक्षिण अमेरिकी राष्ट्रमा नार्को गिरोहसँग घातक मुठभेड सुरु भएपछि ती कामदारहरूलाई बन्धक बनाइएको थियो ।

Agni Group
NIC Asia

यो संकट देशको सबैभन्दा शक्तिशाली ड्रग कारोबार गर्ने समूहका एक नाइके फिटो भनिने जोस एडोल्फो म्यासियासको ग्वायाक्विल जेलबाट भागेपछि उत्पन्न भएको थियो ।

फिटो भागेपछि जेलमा दंगा, बन्धक बनाउने र प्रहरीमाथि आक्रमणहरू भएका थिए ।

Global Ime bank

भागेका कैदीलाई खोज्न र बन्धकलाई रिहा गर्न स्थल, हवाई र समुद्री गस्तीका लागि २२ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ । अधिकारीहरूले सहरका मुख्य भागमा कर्फ्यु लगाइ जेलहरूमा छापा मारेका छन् । 

पेरुसँगको सीमा नजिक एल ओरोमा शनिबार कैदीहरूसँगको झडपमा मारिएका एक गार्डसहित कम्तीमा १९ जनाको हिंसामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

दक्षिणपश्चिमी माचला कारागारमा ‘सशस्त्र भिडन्त’ भएपछि सेना र प्रहरीले ‘सुव्यवस्था र सामान्य स्थिति बहाली’ का लागि ६ वटा सहरका हिरासत केन्द्रमा छापा मारेका थिए ।

ग्वायाकिल कारागारपरिसरबाट शुक्रबार साँझ कम्तीमा पाँच कैदी भागेका थिए र तीमध्ये दुईजनालाई खोजी अभियानका क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरू भागेलगत्तै सहरको उत्तरी बाहिरी इलाकामा रहेको विशाल कारागारको वरपर दुईवटा हेलिकप्टर र ड्रोन उडिरहेको देखिएको थियो ।

इक्वेडरका कुख्यात अपराधीहरूलाई राखिएको कारागारको वरिपरि सैनिकहरूको सहयोगमा दर्जनौं प्रहरी अधिकारीहरू गस्ती गरिरहेका छन् ।

कुनै समय प्रमुख कोकिन उत्पादकहरूको बीचमा अवस्थित शान्तिको किल्ला, इक्वेडर संयुक्त राज्य अमेरिका र यूरोपमा लागुऔषध ढुवानी गर्न यसको बन्दरगाह प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्टेलहरूको वर्षौंको बढ्दो नियन्त्रणपछि संकटमा फसेको छ ।

करिब एक करोड ७० लाख जनसंख्या रहेको यो देशमा आपराधिक गिरोहका २० हजारभन्दा बढी सदस्य रहेको अनुमान गरिएको छ ।

पछिल्लो आधिकारिक रिपोर्टअनुसार ८५९ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ, २५ जना फरार कैदीलाई पुनः पक्राउ गरिएको छ, पाँच जना ‘आतंककारी’ मारिएका छन् र ५७ जना अपहरित व्यक्तिलाई रिहा गरिएको छ ।

माचला कारागारमा कैद गरिएको र प्रहरीले पुष्टि गरेको एउटा डरलाग्दो भिडियोमा कैदीहरूको नियन्त्रणमा रहेको कारागारभित्रबाट प्लास्टिकमा बेरेर सडकमा फ्याँकिएको कैदीको शव देखिन्छ । 

पछिल्ला दिनहरूमा पक्राउ परेका संदिग्ध गिरोहका सदस्यहरूलाई उपहास गरिएको, गीत गाउन बाध्य पारिएको, एकअर्कालाई कुटपिट गरेको वा सैनिकहरूले दुर्व्यवहार गरेको अन्य तस्बिरहरू सार्वजनिक भएका छन् । राासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu