site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मेलम्चीको पानी माघ १ देखि काठमाडौंमा वितरण : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले आउँदो माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् ।

सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौंमा वितरण सुरु हुन्छ ।”

उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको बताए । अब बाह्रै महिना काठमाडौंमा मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौंका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत र खानेपानी मिटर जडान गर्न उनले निर्देशन दिए ।

Dabur Nepal
NIC Asia

त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्बाध रूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समिति समेत गठन गरिएको थियो ।

मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

उनले भने, “सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिक रूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिनेछ ।”

सुन्दरीजलमा पानी जम्मा गरी ‘प्रेसर’ पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको वरिष्ठ डिभिजनल इन्जिनियर कुँवरले बताए ।

बाढी तथा पहिरोका कारण अवरुद्ध भएको मेलम्चीको पानी बुधबार साँझदेखि फेरि आपूर्ति सुरु गरिएको हो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने गरी भएको सहमतिअनुसार बुधबार साँझदेखि सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दिपेश ढकालले जानकारी दिए ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro