site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप क्रिकेटमा पुलिस, मधेस र लुम्बिनीको विजयी सुरुआत

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा नेपाल पुलिस क्लब, मधेस प्रदेश र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन् । शनिबारदेखि सुरु प्रतियोगितामा पुलिसले वाग्मती प्रदेश, मधेसले कोसी प्रदेश र लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिसले वाग्मती प्रदेशलाई ६८ रनले हरायो । जितका निम्ति २८३ रनको विजयी लक्ष्य पछ्याएको वाग्मती ४२.३ ओभरमा २१४ रनमा अलआउट भयो ।

वाग्मतीका आषुतोश घिरैयाले ९२ रनको योगदान गरे पनि टिमलाई जिताउन सकेनन् ।

Dabur Nepal
NIC Asia

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो । पुलिसका राशिद खानले १०६ रनको अविजित शतकीय इनिङ्स खेले ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा मधेसले कोसीलाई ७ विकेटले पराजित गर्‍यो । कोसीले दिएको १२८ रनको लक्ष्य मधेसले २० ओभर १ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । मधेसका अनिलकुमार साहले ८८ रनको अर्धशतकीय पारी खेले ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको कोसीले ४१ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

प्रतियोगिताअन्तर्गत शनिबारै भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले हरायो । ११२ रनको सामान्य विजयी लक्ष्य लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । लुम्बिनीको जितमा निर्मल गुरुङले ४७ रन बनाए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ३४.४ ओभरमा १११ रनमा अलआउट भएको थियो ।

पहिलोपटक ‘राउन्ड रोबिन लिग फर्म्याट’मा आयोजित प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी छन् । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro