site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योगी–व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी–व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३औँ वार्षिक साधारणसभामा उनले यस्तो माग गरेका हुन् ।

उनले आफू जिल्ला र वस्तुगत कार्यक्रमहरूमा जाँदा उद्योगी–व्यवसायीले मर्यादाक्रममा राख्नुपर्ने विषय गम्भीर रूपमा उठाइरहेको बताए । उत्कृष्ट व्यवसायी सम्मान (सीआईपी)का क्रममा पनि आफूहरूले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको उनले उल्लेख गरे । परिस्थिति सहज बनाइदिन उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले व्यावसायीको सम्मानका निम्ति सामान्य नीति बनाएर लागु गर्न सकिनेमा जोड दिए । यस्तो नीति बनाउन सरकारी खर्च नहुने उनको भनाइ छ ।

“...नेपाल सरकारले खर्च नगरीकन निजी क्षेत्रलाई इन्करेज गर्ने हिसाबका कुरा, चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सीआईपीको कुरा होस् । चाहे अरू हौसला होस्,” उनले भने, “यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ ।”

Global Ime bank

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी–व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सकारात्मक रहेको बताए । अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरू निकायबीच छलफल भइरहेको उनले सुनाए ।

उनले चाँडै नै उद्योगीको समस्या समाधानका निम्ति प्रधानमन्त्रीसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरू सम्बन्धित निकायबीचको बैठक बोलाइने पनि बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement