site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन मुक्तक

अमर अधिकारी

जिन्दगी प्वालैप्वाल परेको थैलो भो
जिन्दगी ठसठसी गन्हाउने मैलो भो
सुधारूँ भन्छु आफैँलाई सुध्रिने छाँट छैन
जिन्दगी नियन्त्रणबाहिरको भाँडभैलो भो ।
०००


जिन्दगी जेठमासे घामको राप भो
जिन्दगी बलेको कोइलाको ताप भो
लखनउको भुलभुलैयाजस्तै अलमलिएँ
जिन्दगी खुट्टा गाडिने बालुवाको धाप भो ।
०००

Argakhachi Cement Island Ad


जिन्दगी निबुवाको रसझैँ अमिलो भो
जिन्दगी भलको पानीझैँ धमिलो भो
आफूलाई सधैँ सम्हाल्न खोज्दा पनि 
जिन्दगी विष बोकेको रोटे–कमिलो भो ।

(बूढानीलकण्ठ–८, काठमाडौं)
 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्