site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालको आरोप– ओलीले हामी सामेल गठबन्धन ध्वस्त बनाउन खोजिरहेका छन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाएका छन् । 

शुक्रबार पार्टीको नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को तेस्रो वार्षिकोत्सव कार्यक्रममा उनले ओलीको नाम नलिइ त्यस्तो बताएका हुन् । 

Dabur Nepal
NIC Asia

“हामी देखिरहेका छौँ । हामी पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजेका छन्,” नेपालले भने, “हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनीहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ ?” 

उनले पार्टीमा चुनौती रहेको बताए । त्यसैले गठबन्धनमा निर्भर नरहेर आफ्नो शक्ति बलियो बनाउनुपर्ने पनि बताए । 

“गठबन्धनमाथि भरोसा गरेर उनीहरूले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो,” नेपालले भने । 

साथै, उनले प्रतिगामी शक्तिले धावा बोलिरहेको बताए । व्यवस्थाको पक्षमा उभिने शक्तिहरू शत्रु हुन नसक्ने उनको भनाइ छ । 

“आज प्रतिगामी तत्वहरूले टाउको उठाइरहेका छन् । फागुन महिनाको डेट अघि सारेर धावा बोलिरहेका छन् । यो व्यवस्था जोगाउने शक्तिहरू कहीँ शत्रु हुन्छन् ?,” उनको प्रश्न छ, “व्यवस्थाको पक्षमा उभिनेलाई शत्रु बनाइदिने हो भने प्रतिगामी तत्वहरूलाई फाइदा हुन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro