site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेइमार विश्वकै उत्कृष्ट तीन खेलाडीमध्ये पर्छन्, तर ब्राजिलले उनीबिना खेल्न सक्नुपर्छ’

काठमाडौं । ब्राजिलका नवनियुक्त प्रशिक्षक डोरिभल जुनियरले नेइमारलाई विश्वकै तीन उत्कृष्ट खेलाडीभित्र पर्ने बताएका छन् । उनले टिमले उनीबिना नै खेल्न सक्नुपर्ने प्रतिकृया दिएका छन् ।

डोरिभललाई ब्राजिलले फर्नान्डो डिनिजको स्थानमा नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । यसअघि रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने चर्चा थियो । तर, एन्सेलोट्टीले स्पेनिस क्लबसँगको सम्झौता नवीकरण गरेपछि पाँच पटकको विश्वकप विजेता ब्राजिलले यो जिम्मेवारी डोरिभललाई सुम्पिएको हो ।

मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि डोरिभलले चोटका कारण मैदानबाट बाहिर रहेका नेइमारबिना नै ब्राजिलले खेल्न सक्नुपर्ने बताएका हुन् ।

“ब्राजिलले नेइमारबिना नै खेल्न सक्नुपर्छ । नेइमार अहिले चोटका कारण मैदानबाट बाहिर छन् । तर, हाम्रो टिममा विश्वकै उत्कृष्ट तीन खेलाडीमध्येका एक छन्,” प्रशिक्षक डोरिभलले भने, “म यहाँ विश्वकै सबैभन्दा सफल टिमको जिम्मेवारी सम्हाल्न आएको छु । एउटा त्यस्तो टिम जसले विश्वलाई नै प्रभावित बनाएको छ ।”

फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटमा हाल ब्राजिल छैटौं स्थानमा छ । यस छनोटबाट शीर्ष ६ टिम सोझै विश्वकप खेल्नेछन् । यस्तै, सातौं टिमले भने महादेशीय प्लेअफ खेल्नुपर्ने प्रावधान छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro