site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
समान तलबको माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका अधिकृतहरू सर्वोच्चमा

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरूले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका अधिकृतहरूले समान तहमा समान तलब कायम गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको सहायक न्यायाधिवक्ता भरत मैनालीले जानकारी दिए ।

उनीहरूले समान तहमा न्यायाधिवक्ता र अन्य सेवाका अधिकृतबीच विभेद गरिएको दाबी गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

Dabur Nepal
NIC Asia

सरकारले तोकेको मर्यादाक्रमविपरीत सेवा सुविधामा विभेद गरिएको दाबीसहित महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता र सहायक न्यायाधिवक्ताहरू सर्वोच्च पुगेका हुन् । सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाको वारिस भएर महान्यायाधिवक्ता कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता भरत मैनालीले रिट दायर गरेका हुन् ।

समान तहको मर्यादा क्रममा पछाडि रहेका नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरूलाई भन्दा कम तलब तोकेर आफूहरूमाथि विभेद गरिएको रिटमा उल्लेख छ ।

उनीहरूले समानताको सिद्धान्त र विद्यमान कानुनअनुरूप हुने गरी तलबमानमा समानता कायम गराउन सर्वोच्चसँग माग गरेका छन् । रिटमा परमादेश वा उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।

रिटमा सर्वोच्चले आगामी आइतबारका लागि पेसी तोकेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro