site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनसरीमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगलनजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

जंगलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । प्रहरीका अनुसार, उनको घटनास्थलमै मृत्यु भएको हो ।

विष्टको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro