कला
काठमाडौं । तामाङ समुदायको कथामा केन्द्रित नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक मञ्चन हुनेछ ।
राजु स्याङ्तानले लेखेको नाटक निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ ।
नाटकको कथालाई राबत, स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन् । नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिको भनाइ छ ।
तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फू संस्कृति र परिवेश चित्रण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १३:००
प्रतिक्रिया दिनुहोस्