site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण कोरियाका विपक्षी नेता ली अस्पतालबाट डिस्चार्ज
तस्बिर : रोयटर्स ।

काठमाडौं । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोर्क्याटिक पार्टीका नेता ली जे म्युङ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गत हप्ता घाँटीमा छुरा प्रहारपछि अस्पताल भर्ना गरिएको थियो ।

लीले सियोलको अस्पतालअगाडि पत्रकार सम्मेलनमा विपक्षीलाई मार्ने र हटाउनेजस्तो राजनीतिको अन्त्य हुनुपर्ने बताए । आफ्नो घटनाले घृणाको राजनीति अन्त्य गर्ने र त्यसको पुनःस्थापना गर्ने अवसर बन्ने उनले विश्वास व्यक्त गरे ।

जनवरी २ मा दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा ६० वर्षीय एक व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेका थिए । बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका निम्ति हेलिकोप्टरबाट सियोलको अस्पतालमा सारिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्