site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मुक्तिनाथ केबलकारले पेस गर्‍यो ईआईए र अद्यावधिक डीपीआर

काठमाडौं । मुक्तिनाथ दर्शन प्रालिले कास्कीदेखि मुक्तिनाथसम्मको केबलकार परियोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र अद्यावधिक गरिएको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लगानी बोर्डलाई बुझाएको छ ।​​​​​​ 

बुधबार परियोजनाका अध्यक्ष अरूणकुमार सुवेदीले लगानी बोर्डका प्रतिनिधिलाई उक्त दस्तावेज हस्तान्तरण गरेका हुन् ।​​​

करिब ८१.०१४ किलोमिटरको केबलकार आयोजना निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

केबलकार निर्माणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनुमति पाएको थियो । तर, डीपीआर र ईआईएका लागि कानुनी समस्या भएकाले प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।​​​ 

परियोजना निर्माणका लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको बताइएको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्