site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिशहोम

काठमाडौं । डिशहोम फाइबर नेटले नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी बनेको बताएको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायक (आईएसपी)को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको हो ।

डिशहोमले सबैभन्दा कम शुल्कमा २०० एमबीपीएसको उच्च स्पीडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको बताएको छ ।

इन्टरनेट प्रदायक कम्पनीहरूको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो ।

नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निष्कर्ष छ ।

तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवा प्रदायकमध्ये २०० एमबीपीएस इन्टरनेट प्याकेजमा डिशहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखिएको छ ।

नयाँ जडान गर्ने ग्राहकका लागि डिशहोम फाइबरनेटले सदस्यता शुल्कमा मात्र ११ हजार १५ रुपैयाँको प्याकेज प्रदान गरिरहेको छ ।

डिशहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पीड इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धताअनुसार सेटअप शुल्क जम्मा ५०० रुपैयाँ रहेको बताएको छ ।

एक वर्षभरी ग्राहकले ११ हजार १२१ रुपैयाँमा २०० एमबीपीएसको इन्टरनेट सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
final-isp-comparison-1704891192.png
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro