site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मन कम्पनीले पठायो ६ लाख कार्ड, माघ १ देखि स्मार्ट लाइसेन्स छापिने

काठमाडौं । करिब १२ लाख स्मार्ट लाइसेन्स कार्डको ठेक्का पाएको जर्मन कम्पनीले बुधबार कार्ड पठाएको छ । जर्मन कम्पनी म्युहलबाअरले पहिलो चरणमा पठाएको ६ लाख कार्ड भोलि नै नेपाल आइपुग्ने छ । बाँकी ६ लाख कार्ड  म्युहलबाअरले अर्काे चरणमा पठाउने छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बिहीबार कार्ड आइपुग्ने र परिक्षण गरी माघ १ गतेदेखि छपाइ सुरु हुने बताएका हुन् ।

बाह्रखरीसँग बोल्दै उनले भने, “जर्मनीबाट आज कार्ड पठाइसकेको छ । हवाई कार्गो भएका कारण भोलि नै आइपुग्छ । एक साताभित्रै परीक्षण गरेर माघ एक गतेदेखि छाप्न सुरु गर्छाैं ।”

दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी भइरहेको उनले बताए ।

दैनिक १० हजार वटा स्मार्ट लाइसेन्स कार्ड छापिएमा यस वर्ष (२०८०) भित्रै छाप्न बाँकी सबै कार्ड छापिसक्ने बताएका छन् ।

हाल १२ लाखभन्दा बढी सेवाग्राहीको स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ । विभागले ३४ लाखभन्दा बढी स्मार्ट लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro