site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘गाउँ आएको बाटो’ गोटेबर्ग चलचित्र महोत्सवमा छनाेट

काठमाडौं । चलचित्र ‘गाउँ आएको बाटो’ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । नवीन सुब्बा निर्देशित चलचित्र युरोपको गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ स्वीडेनमा छनोट भएको हो । 

महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने निर्माण पक्षले जनाएको छ । महोत्सव २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ। 

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई ,केशव राई, सुमित्रा राई, राज  थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय छ । 

यो सिनेमा टोरोन्टो चलचित्र महोत्सव, वुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, मामी मुम्बईमा छनोट भएको थियो । 

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा गाँउमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई समेटिएको छ । 

चलचित्र ०८१ जेठ १८ बाट प्रर्दशनमा आउनेछ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro