site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शक्ति गौचन भन्छन्– फागुनको दोस्रो सातासम्म रुपन्देहीमा क्रिकेट रंगशाला तयार हुन्छ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो सातासम्म तयार हुने बताएका छन् । 

अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले ४० करोड लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन उक्त रंगशालाको ब्राण्ड एम्बासडर हुन् । 

Dabur Nepal
NIC Asia

नेपाली टोलीका पूर्वस्पिनर शक्तिले फागुनको पहिलो अथवा दोस्रो हप्तासम्म तयारी हुने जानकारी दिए । उक्त रंगशाला प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता तथा अन्य खेलहरू खेलाउन सकिन्छ कि  भनेर नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका पूर्वकार्यवहाक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका थिए । 

मैदानमा रहेका सातवटा पिच फागुनबाट प्रतियोगिताका लागि तयार हुने बताइएको छ । उक्त रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुम निर्माण कार्य जारी छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro