site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफको पोस्टमा संकटाको सात गोल

काठमाडौं । संकटा क्लबले एन्फा यू–१६ युथ लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफको पोस्टमा सात गोल प्रहार गरेको छ ।

मंगलबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा संकटाले एपीएफमाथि ७–१ को फराकिलो जित निकालेको हो । संकटाको जितमा कृष्णबहादुर आलेले ह्याट्रिक गरे ।

Dabur Nepal
NIC Asia

यो जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लब १७ अंकसहित दोस्रो स्थानमा छ । आठ खेलबाट ११ अंक जोडेको एपीएफ तालिकाको पाँचौँ स्थानमा छ ।

खेलको ११औँ मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो । त्यसपछि २६औँ मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औँ मिनेटमा दिलन लिम्बू र पहिलो हाफको इन्जुरी समयमा कृष्णबहादुरले दोस्रो गोल गरे ।

५३औँ मिनेटमा सविनकुमार लुंगेली मगरले गोल गर्दै संकटाको ५–० को अग्रतामा राखे । त्यसको तीन मिनेटपछि एपीएफले एक गोल फर्कायो । 

संकटाका लागि छैटौँ गोल अरुण श्रेष्ठले ८१औँ मिनेटमा गरे । कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि संकटाले ७–१ को सहज जित सुनिश्चित गरेको हो । जारी प्रतियोगितामा संकटाको यो छैटौँ जित हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro