site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला उद्योगी भएकै कारण छुट पाउनु हुँदैन : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले डेडिकेटेड र ट्रंक लाइनको महसुलका विषयमा ठूला उद्योगी भएकै कारण छुट पाउन नहुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा उनले प्राधिकरणको बक्यौता उठाउनुपर्नेमा जोड दिए ।

“ठूला उद्योगी भएकै कारण छुट पाउनु हुँदैन । उठाउनुपर्ने रकम उठाउनुपर्छ,” सांसद राउतले भने, “हामीबाट प्राधिकरणले के अपेक्षा राखेको छ, विषयसूचीमा राख्नुपर्‍यो ।”

डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी तथ्यांकबारे प्राधिकरणले स्पष्ट पार्नुपर्ने उनले बताए । “डाटा डिलेट भएको भन्ने पनि आएको छ, त्यो के हो स्पष्ट हुनुपर्‍यो,” उनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro