site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भियतनाममा भाडाको घरमा आगलागी हुँदा तीनजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

हनोई । भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मंगलबार बिहान एउटा भाडाको घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया महिला र १५ वर्षीया बालिका रहेका छन् । अर्का एक व्यक्तिको भने पहिचान खुलेको छैन ।

घर आगलागी हुँदा इलेक्ट्रिक बाइकलगायत अन्य भौतिक सम्पत्ति नष्ट भएको स्थानीय सञ्चारमाध्यम टूओई ट्रे (युवा)ले जनाएको छ ।

सन् २०२३  मा भियतनाममा तीन हजार ४४० वटा यस किसमका आगलागीका घटना घटेका छन् । ती घटनामा जसमा १४६ जना व्यक्तिको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको अग्नि  तथा उद्धार प्रहरी विभागले जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro