site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युनाइटेड चौथो चरणमा

काठमाडौं । विगन एथ्लेटिकविरुद्ध २–० को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा डियोगो डालोटले गोल गर्दै १२ पटकको च्याम्पियन युनाइटेडलाई अग्रता दिलाएका थिए । ७४औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

विगन एथ्लेटिकका यिन सले १८ यार्ड बक्सभित्र फर्नान्डेजमाथि फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा फर्नान्डेज आफैँले बललाई जाली चुमाए ।

“जित्नु नै सबै कुरा हो । हामीले अझ धेरै गोल गर्नुपर्थ्यो, तर राम्रो कुरा के हो भने हामीले मौका बनाएका थियौँ । हाम्रा धेरै खेलाडी घाइते छन्, तर पनि हामी अझै स्तरीय टिम हौँ,” जितपछि युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro