
काठमाडौं । नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै अगाडि बढिरहेकी छन् । गएराति प्रशारित शोजबाट मेनुका टप ११ मा प्रवेश गरेकी छन् । यद्यपि, उनी ‘बटम फोर’मा परेकी थिइन् ।
मेनुकाले गएराति प्रशारित शोजमा गीत गाउँदा शब्द बिर्सिएकी थिइन् । शब्द बिर्सिएपछि मुटुको चाल (हर्ट बिट) बढेको भन्दै चिकित्सकले उनको प्रेसर र हर्ट बिट नापेका थिए । त्यसपछि उनले पुनः गीत गाएकी थिइन् ।
विशेष अतिथिका रूपमा शोजमा सञ्जय दत्त पुगेका थिए । शब्द बिर्सिएपछि निर्णायकसँगै सञ्जय पनि मेनुकालाई सान्तवना दिन स्टेज पुगेका थिए ।
मेनुकाको गायिकीको भारतमा प्रशंसा भइरहेको छ । भोटका आधारमा प्रतिस्पर्धीहरू अगाडि बढ्ने वा शोज छोडेर फर्किने निर्णय हुने गरेको छ ।