site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोंगबुमा टिपरको ठक्करबाट युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको गोंगबुस्थित मित्रनगरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान बा.प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा५४प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक गोरखाकै इमान गुरुङ गम्भीर घाइते भएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार, उनीहरू दुवैजना तारकेश्वर नगरपालिका बस्दै आएका थिए ।

टिपर चालक दाङका २५ वर्षीय सविन पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख एवं डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro