site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सौगातले एउटै सिनेमाका लागि १५ केजी तौल घटाएर पुनः बढाए

काठमाडौं । चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर–१’ का लागि सौगात मल्लले १५ केजी तौल घटाएका छन् । सौगातले चलचित्र छायांकनको सुरुआतमा १५ केजी तौल घटाएका थिए । 

पछि सौगातले सोही सिनेमाको अर्को लुक्सका लागि १० केजी तौल बढाएका थिए । “करिब दुई दिन महिनाको अवधिमा मैले १५ केजी तौल घटाउने र बढाउने काम गरेको थिएँ,” सौगातले बाह्रखरीसँग भने, “मलाई निर्माण पक्षले आग्रह गरेर गरेको होइन । आफैँले तौल घटाउने र बढाउने काम गरेको हुँ ।” कथा हेरेर तौल बढाउने र घटाउने निर्णय गरेको उनी सुनाउँछन् । 

चलचित्रका केही दिन अगाडि सार्वजनिक दुई पोस्टरमा उनका दुईवटा लुक्स देखिएको थियो । एउटा पोस्टरको लुक्समा उनी सडकमा मागिरहेको लुक्समा देखिन्छन् भने अर्को लुक्समा उनको ओर्जिनल लुक्स देखिन्छ । जसमा सौगात कसिलो शरीरमा एक्सनमा उत्रिएको देख्न सकिन्छ । 

‘अगस्त्यः च्याप्टर–१’ले फर्स्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण पक्षका अनुसार फागुन १८ गतेबाट चलचित्र रिलिज हुनेछ । 

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सौगातलाई ‘सौर्य’ पात्रको रूपमा देख्न सकिने निर्माण पक्षले जनाएको छ । 

चलचित्रमा सौगातसँगै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रवीन्द्र झालगायत कलाकारको अभिनय छ । 

चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro